बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह « Khabarhub

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति विद्यालय प्रशासन तथा अभिभावकहरूको संस्था फ्रेन्ड्स अफ बुढानीलकण्ठ स्कुल  (फोब्स) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई निष्पक्ष छानबिन सम्पन्न गरिएको र छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक सुझाव तथा सिफारिस कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरिएको छ ।

विद्यालयले कुनै पनि प्रकारको शारीरिक, मानसिक वा भावनात्मक दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति अपनाउने बताउँदै विद्यार्थीको सुरक्षा, सम्मान, हित तथा बालअधिकार संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ।

यस्तै, अभिभावकहरूको संस्था फोब्सले पनि विद्यालयको पूर्व विद्यार्थीसँग सम्बन्धित घटनाको छानबिन गरी प्रतिवेदनका सुझाव कार्यान्वयन भइसकेको अवस्थामा पुराना विषयलाई पुनः योजनाबद्ध रूपमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएको छ । संस्थाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रस्तुत गरिएको वातावरण विद्यालयको वास्तविक अवस्थासँग मेल नखाने दाबी गरेको छ ।

फोब्सका अनुसार विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गतिविधिमाथि संस्थाले निरन्तर निगरानी गर्दै आएको छ र विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक, शारीरिक तथा मानसिक विकासप्रति अभिभावकहरू आश्वस्त रहेको जनाएको छ ।

यो पनि पढ्नुहोस् :

विद्यालय र फोब्स दुवैले सामाजिक सञ्जालमा आधारहीन, अतिरञ्जित तथा भ्रामक सामग्री प्रसारण नगर्न आग्रह गरेका छन् । यस्ता गतिविधिले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक असर पर्ने भन्दै आवश्यक परे कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

साथै, विद्यालय प्रशासनले आधिकारिक जानकारीका लागि विद्यालयसँग नै सम्पर्क गर्न सञ्चारमाध्यम, अभिभावक तथा सरोकारवालासँग अनुरोध गरेको छ ।

Screenshot

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ११ : ३५ बजे

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू