सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड « Khabarhub

सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमलाई लक्षित गरी राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ।

काठमाडौं महानगरपालिका-६ स्थित हायात ग्राउन्डमा बुधबार नै हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीतिअन्तर्गत ती बोर्डहरू हटाइएको हो मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ।

सोनु उक्त कन्सर्टका लागि बुधबार नै नेपाल आएका हुन् । आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीत-सङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको हो ।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा सोनु गुञ्जिने छन् । उनले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ४० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक