नेपालमा कति छन् क्रिश्चियन ? | Khabarhub Khabarhub

नेपालमा कति छन् क्रिश्चियन ?


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानले धर्मनिरपेक्षता घोषणा गरेपछि नेपालमा रहेका सबै धर्मावलम्बीहरुले स्वतन्त्रताको उपभोग गर्न पाएका छन् । यससँगै क्रिश्चियन धर्मावलम्बीहरुले पनि स्वतन्त्रतापूर्वक आफ्नो आस्था अनुसार धर्म मनाउने गरेका छन् । यही क्रममा बुधबार संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरुले झैं नेपालका क्रिश्चियन धर्मावलम्बीले पनि क्रिसमस मनाए ।

राष्ट्रिय जनगणना ०७२ अनुसार नेपालमा ५ लाख १२ हजार ३१३ जना क्रिश्चियन धर्मावलम्बी छन् । यो भनेको कुल जनसंख्याको १ दशमलव ७६ प्रतिशत हो ।

अघिल्लो जनगणना ०६८ मा नेपालमा ३ लाख ७५ हजार ६९९ जना, अर्थात १ दशमलव ४२ प्रतिशत क्रिश्चियन धर्मावलम्बी थिए । १० वर्षको अवधिमा १ लाख ३६ हजार ६१४ जना क्रिश्चियन धर्मावलम्बीहरु थपिएका छन् ।

राष्ट्रिय जनगणनाले नेपालमा १० वटा धर्मलाई समेटेको छ । सबैभन्दा बढी हिन्दु छन् । तर, ०६८ को तुलनामा ०७८ सम्म आइपुग्दा १० वर्षमा हिन्दु धर्मावलम्बीहरु केही प्रतिशत घटेको देखाइएको छ । ०६८ को जनगणनामा हिन्दु धर्मावलम्बी ८१ दशमलव ३५ प्रतिशत थिए । ०७८ सालमा हिन्दुहरु ८१ दशमलव १९ प्रतिशत भएका छन् ।

१० वर्षको अवधिमा २१ लाख २६ हजार हिन्दु धर्मावलम्बी बढेको देखिन्छ । तर, कुल जनसंख्याको प्रतिशतमा भने केही कमी देखिएको छ  

प्रतिशतमा घटे पनि कुल जनसंख्यामा भने हिन्दुहरु केही थपिएकै छन् । ०६८ सालमा हिन्दुहरु २ करोड १५ लाख ५१ हजार ४९२ जना थिए । ०७८ मा हिन्दुको कुल जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना पुगेको तथ्यांक विभागको रेकर्डमा उल्लेख छ । १० वर्षको अवधिमा २१ लाख २६ हजार हिन्दु धर्मावलम्बी बढेको देखिन्छ । तर, कुल जनसंख्याको प्रतिशतमा भने केही कमी देखिएको छ ।

नेपालमा दोस्रो धर्मका रुपमा बौद्ध धर्मावलम्बीहरु छन् । तर, १० वर्षको अवधिमा बौद्ध धर्मावलम्बीको पनि संख्या अलिकति घटेको छ । जस्तो– ०६८ को जनगणनामा बौद्ध धर्मावलम्बीहरु ९.०४ प्रतिशत थिए, ०७८ सालमा ८.२१ प्रतिशतमा खुम्चिए ।

नेपालमा तेस्रो धर्मका रुपमा इस्लाम रहेको छ । १० वर्षमा इस्लाम धर्मावलम्बीको संख्या करिब ३ लाख वृद्धि भएको छ । ०६८ सालमा इस्लामहरु ४.३९ प्रतिशत रहेकोमा ०७८ सालमा बढेर ५.०९ प्रतिशत पुगेका छन् ।

त्यस्तै, नेपालमा १० वर्षको अवधिमा किरात, बोन र शिख धर्मावलम्बीको संख्या पनि केही बढेको देखिएको छ भने जैन, प्रकृति र बहाई धर्मावलम्बीको संख्या घटेको देखिन्छ ।

हेर्नुहोस् तथ्यांक–

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ०४ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई