आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज | Khabarhub Khabarhub

आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित
नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।


बैठकले रावललाई पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय सल्लाहाकार परिषद् सदस्य रहेका उनलाई संगठित सदस्यबाट हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

एमालेको ६ महिने कारबाहीमा परे बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना

एमालेले पाँच बुँदामा सुनायो सरकारका पाँच महिने उपलब्धि

ईश्वर पोखरेल भन्छन्- बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होइन

एमाले सचिवालय बैठक: उपनिर्वाचन र सरकारको कामको समीक्षा हुँदै

राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश, राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

‘संसदीय लोकतन्त्र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उनले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे।

‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने, ‘सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।’

अहिले संसद्मा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए। संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उनले बताए।

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी

‘सहकारी ठगीमा मुछिएका सबै व्यक्ति छानबिनमा तानिन्छन्’

सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन

‘क्रिसमस डे’ को रौनक : 
विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाएका छन्।

यस दिनको अवसरमा नेपाली क्रिश्चियन समुदायले विभिन्न कार्यक्रम आयोजना गरी ‘क्रिसमस डे’ मनाए । सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो ।


आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

तस्बिरहरू

नेपालमा कति छन् क्रिश्चियन ?

यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा

नाटकका नाममा जब चर्चमा बालिकाहरूलाई नाङ्गै बनाएर मञ्चमा उतारियो

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छ: उपराष्ट्रपति यादव

कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना

सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड
आज सार्वजनिक बिदाको दिन उपत्यका, सम्पदा क्षेत्रमा सर्वसाधारणको भीड बढेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।


राजधानी प्रमुख आकर्षण र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र यस क्षेत्रमा समय बिताउन व्यस्त छन् ।

तस्बिरहरू

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

बाँकेमा कुपोषित बालबालिका भेटिए

अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु
कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार विमान खसेको छ । सो विमान अजरबैजान एअरलाइन्सको भएको खुलेको छ ।

प्रारम्भिक रिपोर्टअनुसारस विमान सवार ६७ मध्ये केही व्यक्तिको ज्यान गएको छ । कजाखस्तानको आपतकालीन मन्त्रालयले विमान दुर्घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको जनाएको छ ।


समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजन्सीलाई उधृत गर्दै अजरबैजानको बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ उडान भरेको विमान दुर्घटनामा परेको समाचार सार्वजनिक गरेको छ । हवाई मार्गमा रहेको बाक्लो कुहिरोका कारण विमानका चालकले बाटो बदलेको बताइएको छ ।

यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू)

अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल

जापानमा आगलागीमा परी दर्जनौँ कुकुर मरे

युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० लडाकु विमान बेच्ने

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : १० बजे

मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार

मोजाम्बिक – मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय

लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम– इलामका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा

चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै

चितवन– चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ ।

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ ।

आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल