तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै « Khabarhub

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माग १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले युएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेञ्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताए । उनले प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

क्वली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पाञ्जी एडभेञ्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेञ्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेञ्जिङ लामाले बताए ।

प्रतियोगितामा पुरूष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । यसपटकको प्रतियोगितामा पुरूषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिलारपुरूषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ३३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको