‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने « Khabarhub

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ ।

नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी)ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम शुक्रबारदेखि पुस २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो ।

नामीका ‘एजुकेसन आउटरिच’ प्रमुख आलोक खत्रीले यस कार्यक्रमको पाँचौँ संस्करण ‘आर्टिफिसियल एन्टिलिजेन्स’को आधार र त्यसको कार्यान्वयनमा केन्द्रित रहने जानकारी दिए ।

कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै ठूलो र सबैभन्दा पृथक मञ्च भएको उनको भनाइ थियो ।

‘यो कार्यक्रमले आधारभूतदेखि आधुनिक विचार र विधिहरू, तिनका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ । कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पिएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने व्यक्तिहरू सहभागी हुन सक्नेछन्’, खत्रीले भने ।

ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कूलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले एआईका विविध पक्ष र अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।

नामीका संस्थापक निर्देशक एवम् अनुसन्धानकर्ता विशेष खनालले नामीले करिब सात÷आठ वर्षदेखि अनुसन्धान र विकासमा समर्पित भएर काम गरिरहेको बताए ।

गुणस्तरीय जीवन र मानिसको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने प्रविधि र ज्ञान दिन सक्ने एआई प्रविधिको विकास गर्नुपर्छ भन्ने ध्येयले यसमा आफूहरूले काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १० : २८ बजे

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो