बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन « Khabarhub

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सरकारले सिफारिस समिति गठन गरेको छ ।

अस्ति (मङ्गलबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ । आउँदो माघ १९ गते कार्यकाल पूरा गर्न लागेका सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा खेपेका सिलवालले ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, तीन वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । आयोगले विशेषमा पठाएका फाइलमा सिलवालले ३६ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

अर्थ मन्त्रालयले हाल प्राधिकरण अध्यक्षको जिम्मेवारीमा सहसचिव मदन दाहाललाई खटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

यो पनि –

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : ४५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा