राष्ट्रियसभा निर्वाचन : कोशीमा फ्लोर क्रसबारे छलफलमा कांग्रेस  | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा फ्लोर क्रसबारे छलफलमा कांग्रेस 


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले बिहीबार कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनबारे गम्भीर छलफल गरिरहेको बताएको छ । 

अहिले पार्टी कार्यालयमा छलफल भइरहेको कांग्रेस उच्च स्रोतले बताएको छ । 

स्रोतले खबरहबलाई भन्यो, ‘स्पष्ट बहुमत हुँदा हुँदै पनि कोशीमा गठबन्धन हार्नु घातक छ । हामी यसबारे गम्भीर छलफलका छौँ । कसले त्रुटि गरेको छ निर्मम समीक्षा हुन्छ ।’ 

यसमा कांग्रेस संस्थापन इतर समूहले फ्लोर क्रस गरेको संस्थापन पक्षको आरोप छ । तर इतर समूह यो कुरा मान्न तयार छैन । 

यस्तै फ्लोर क्रस भएपछि गठबन्धनमा मनमुटाब सुरु भएको र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत टेलिफोन संवाद  गरेको स्रोतको भनाइ छ । 

बिहीबार कोशी प्रदेशमा गठबन्धनबाट माओवादी महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन । गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशसभामा भएको हल्का ‘क्रस भोटिङ’ का बाबजुद राष्ट्रियसभामा पुग्न सफल भए । कोशीमा एमालेकी रुक्मणी कोइरालाले ५ हजार ८६ मतभार ल्याएकी छन् भने गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

कोशीमा गठबन्धनबाट खस आर्यतर्फका उम्मेदवार सिटौला ५ हजार २ सय ९२ मतभारका साथ विजयी भए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ४३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र