बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा | Khabarhub Khabarhub

बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।

पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् । मूर्तिसँगै मन्दिरमा शिव लिङ्ग पनि स्थापना गरिएको छ ।

मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगर प्रवक्ता लालबहादुर ऐर, वडाध्यक्ष कमल ठकुल्ला, दानसिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरीलगायत उपस्थित हुनुहुन्थ्योे । सिद्धनाथ बैजनाथ मन्दिर यसक्षेत्र कै प्राचीन मन्दिर हो ।

स्थानीय सामाजसेवी करन सिंह ऐरका अनुसार रु १० लाख चन्दा सङ्कलन गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयबाट रु तीन लाख बरावरको सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका