कैलालीमा बस र म्याजिक ठोक्किँदा ९ जना घाइते « Khabarhub

कैलालीमा बस र म्याजिक ठोक्किँदा ९ जना घाइते


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको गोदावरी नगरपालिका–५ मनहेरा पुल नजिकै धनगडी–अत्तरिया ६ लेन सडक खण्डमा शुक्रबार साँझ दुर्घटना भएको छ।

धनगढीबाट अत्तरिया जाँदै गरेको सुदूरपश्मि प्रदेश यातायात कार्यालयको ना ४ ख ७२३० नम्बरको बस र विपरीत दिँशाबाट आइरहेको से १ ज ३५३ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर नौ जना घाइते भएका छन्। घाइते हुनेमा म्याजिक चालक धनगढी उपमहानगरपालिका–३ का धर्म साउँद, गोरीगंगा नगरपालिका–१३ का दिनेश बोहरा, डोटीको बड्डीकेदार गाउँपालिकाका–१ का २१ वर्षीया यशोदा मन्नी, जोरायल गाउँपालिका–१ का २६ वर्षीया माया थापा घाइते भएका छन्।

घाइते चारै जनाको धनगढीको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। यस्तै डोटीको जोरायल गाउँपालिकाका–१ का २४ वर्षीय राजन बिक, २१ वर्षीय सोनु विक, गौरीगंगा नगरपालिकाका–२ का ५५ वर्षीय प्रवेश चौधरी, धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय अम्मर विक र बैतडीको दशरथ चन्द नगरपालिका–११ का सन्तोष भण्डारी घाइते भएका छन्।

उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। बस चालक फरार रहेका छन्। उनको नाम खुलेको छैन्। म्याजिक र बस प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १० : १८ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित