डन र ठगको फन्दामा भारतीय नायिका « Khabarhub

डन र ठगको फन्दामा भारतीय नायिका


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेड कुख्यात ठगको परिचय बनाएका सुरेश चन्द्रशेखरका साथ सम्बन्ध बनाएकाले तनावमा छिन् । २ सय करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा  सुरेश जेलमा छन् । तर उनले ज्याकलिनलाई जेलबाटै चिठी लेखिरहेका छन् । जसका कारण ज्याकलिन तनावमा परेकी हुन् ।

ज्याकलिन–सुरेशको सम्बन्ध त अहिलेको ताजा घटना हो । यसभन्दा पहिला पनि बलिउड नायिकाहरू ठग र डनको सम्बन्धका कारण विवादमा आएका थिए । सोही कारणले केही नायिकाले जेल सजाय पनि काटेका थिए । केही भने फिल्मबाटै हराए ।

मोनिका बेदी


मोनिका बेदीको फिल्मी करिअर राम्रो चलिरहेका बेला ग्याङस्टार अबु सलेमसँग जोडिएको थियो । सन् १९९५ मा फिल्म ‘मे तेरा इश्क’बाट बलिउडमा पाइला टेकेकी मोनिका सन् २००२ मा विवादमा फसिन् ।

यस दौरानमा उनले हिट फिल्महरू पनि दिएकी थिइन् ।  तर अबु सलेमसँगको प्रेमको खबर सार्वजनिक हुन थालेपछि उनको करिअर संकटमा प¥यो । ग्याङस्टारसँग नाम जोडिएपछि उनी प्रहरीसमक्ष बयानका लागि धेरैपटक धाउनुपर्‍यो ।

अन्त्यमा प्रहरी अनुसन्धानमा मोनिका नक्कली राहदानी र परिचय पत्र लिएर यात्रा गरेको खुल्यो । यस घटनामा उनले दुई वर्ष जेल सजाय भोग्नुपर्‍याे । त्यसपछि लामो समयसम्म उनी फिल्ममा देखा परिनन् ।

मन्दाकिनी


पहिलो फिल्म ‘राम तेरी गंगा मैली’बाट दर्शकबीच अभिनयको छाप छोड्न सफल अभिनेत्री मन्दाकिनीको करिअरमा ब्रेक लाग्नुको कारण अन्डरवर्ल्ड डन दाउद इब्राहिम हो भन्ने धेरैको बुझाइ छ ।

सन् १९८५ बाट बलिउडमा डेब्यू गरेकी मन्दाकिनीले धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । तर, सन् १९९४ मा दाउदसँग उनको फोटो सार्वजनिक भयो । उनीहरूबीच प्रेमसम्बन्ध रहेको चर्चा बाहिरिन थाल्यो ।

फोटो सार्वजनिक भएपछि निर्देशक र निर्माताहरूले दूरी बढाएपछि उनले फिल्म पाउनै छाडिन् । त्यसको केही वर्षमै उनी फिल्मबाट टाढा भइन् । मन्दाकिनीले त्यो समय दाउदसँग दुबईमा भेटेको तर प्रेमिकाका रुपमा भेट नभएको स्पष्टीकरण दिएकी थिइन् ।

ममता कुलकर्णी


सन् १९९१ मा बलिउडमा डेब्यू गरेकी ममता कुलकर्णी एक समयकी चल्तीकी नायिका हुन् । उनले दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेकी छिन् ।

यी नायिकाको नाम भारतकै सबैभन्दा ठूलो ड्रग माफिया विक्की गोस्वामीसँग जोडिएको थियो । ड्रग केसमा सन् १९९७ गोस्वामी जेलमा हुँदा बाक्लो भेटका कारण उनीहरूको प्रेम सम्बन्ध रहेको खुलेको थियो ।

पछि दुई हजार करोडको लागूऔषध बरामद भएको केसमा प्रहरीले ममतालाई पनि अभियुक्त बनायो ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : ३० बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म