एमालेको नाराबाजीपछि संसद बैठक स्थगित « Khabarhub

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए ।

सांसद बास्कोटाले विवादित मन्त्रीले कि त राजीनामा नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे । प्रधानमन्त्रीले कसको दबाबमा जवाफ नदिएको भन्दै उनले प्रश्न समेत गरे ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत तथा संस्कृतीमन्त्री सुदन किरातीको राजीनामा माग गरे ।

सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए ।

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले आजको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे ।

तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसदले उठेर विरोध जनाइरहे पछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थागित गरेको बैठक अझै सुरु हुन सकेको छैन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ५१ बजे

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको

एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान

एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार बिहान

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत