सभामुखको रुलिङपछि चल्यो संसद् बैठक « Khabarhub

सभामुखको रुलिङपछि चल्यो संसद् बैठक


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो ।

यसअघि बसेको पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुखले पटक पटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरूले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।

एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराँतीका साथै  टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र