पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ | Khabarhub Khabarhub

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बझाङ– भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो ।

भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोट पछि दोस्रो क्षति ब्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ । 

पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोबासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । 

भूकम्प अहिले पनि जानेक्रम जारी छ । हालसम्म आउँदा भूकम्पका सयौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रबिन्दु बनाई गएको चार रेक्टर स्केलको भूकम्पले थप त्रसित बनाएको स्थानीय बताउँछन् ।

अहिले अस्थायी टहराको सहयोगमा बझाङ तग्रिरहेको छ । भूकम्पपीडित हाल अस्थायी टहरामा बसिरहेका छन् । ती टहरा भूकम्प प्रतिरोधात्मक रहेका स्थानीय शिवराज उपाध्यायले बताए। उनका अनुसार टहरा निर्माणमा सरकारी र गैरसरकारी संस्था लागिरहेका छन् । घर जीर्ण भएपछि अस्थायी टहरामा बस्न बाध्य भएको उनको भनाइ छ । 

“छिमेकीसँगै टहरामा बसिरहेका छौँ । धक्का प्रायजसो सधैँ महसुस भइरहेको छ । भत्केको घरमा डरत्रासमा बस्नुभन्दा अस्थायी टहरा नै अहिलेका लागि उपयुक्त विकल्प भएको छ”, उपाध्यायले भने।

सरकारले तीन हजार, युनएनडिपी एक सय ३०, रेडक्रसले चार सय अस्थायी टहरा निर्माण गर्नेक्रममा रहेको जनाइएको छ । त्यसमध्ये हालसम्म एघार सय ७८ निर्माण भई समुदायका पीडितलाई हस्तान्तरण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् । बझाङ जस्तापाता र काठको भरमा तङ्ग्रीन खोजिरहेको छ ।

हालसम्म एमपिडिएस डडेल्धुराले सेभ द चिल्ड्रेन सहयोगमा एक सय ३० अस्थायी आवास, दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्र, पाँच विद्यालयमा शौचालय तथा खानेपानी मर्मत गरिरहेको  परियोजना संयोजक त्रिभुवन बास्तोलाले बताए । यसका साथै भूकम्पपीडित गर्भवती तथा सुत्केरीलाई आवश्यकताका आधारमा आकस्मिक परामर्श तथा सहयोग पनि गरिएको उनले जानकारी दिए। अन्य संस्थाले पनि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सहयोग गरिरहेका छन् ।

जयपृथ्वी नगरपालिकामा मात्रै एमपिडिएस डडेल्धुरा, जिल्लास्थित प्रगतिशील युवा समाज, साइपाल विकास समाज, दलित सहयोग समाज, आइडिएस नेपाल, निड्स, युनिसेफ, केयर नेपाललगायत संस्थाले सहयोग गरिरहेका जनाइएको छ ।

गत असोज १६ मा गएको भूकम्पले सदरमुकाम क्षेत्र चैनपुर नजिकमा रहेका तीन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । केही दिन विद्यालय बन्द गरी १५ दिनपश्चात् चौरमा राखेर पठनपाठन सुरु गरिएको बालविकास माविका प्रधानाध्यापक केशवबहादुर खातीले जानकारी दिए । विद्यालयमा तीन वटा भवनमा ३० कोठा पूर्णरुपमा क्षति हुँदा विद्यार्थीलाई चौरमा राखेर पठनपाठन थालिएको उनले बताए।

जिल्ला सदरमुकाम चैनपुर बजारबाट एक किलोमिटर मात्रै टाढा रहेकाले विद्यालयमा स्थानीय वडाका धेरै विद्यार्थी पढ्न आउने गरेका वडा नं ४ का वडाध्यक्ष ईश्वरबहादुर खातीले बताए। 

सिमलतोला, बस्ती, गोलाई, गडखेत गाउँका ४० बालबालिका बालविकास कक्षामा अध्ययन गर्न यस विद्यालयमा आउने गरेको बालविकासका शिक्षक केशरी जोशीले जानकारी दिए । 

बालविकास जस्तै बालमन्दिर आधारभूत, लुयटा आवि डिलवगर पूर्णरुपमा क्षति भएका थिए भने बाँकी रहेका विद्यालयमा पनि भूकम्पले क्षति पुर्‍याएको स्थानीय जनप्रतिनिधि बताउँछन् । समुदाय र घरपरिवारमा गएर भूकम्पसम्बन्धी सचेतनामूलक अभियान थालनी गरेपछि नियमित कार्यमा पर्खेका जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष ईश्वर खातीले बताएका छन् ।

जिल्लाका करिब १० हजार बढी घरमा क्षति भएको तथ्यांक सार्वजनिक भएको थियो । त्यसमा दुई हजार ४४५ निजी घर पूर्णरुपमा क्षति भएका थिए भने छ हजार ८४ घर आंशिक क्षति पुर्‍याएको थियो । योसँगै सरकारी भवन एक सय २३ पूर्णरुपमा र एक सय ५२ आंशिकरुपमा क्षति भएको थियो । 

भूकम्पले एक जनाको ज्यान जानका साथै दर्जनौँ मानिस घाइते भएका स्थानीय समाजसेवी विष्णु एयडीले बताए। स्थानीय विस्तारै भूकम्पको त्रासबाट मुक्त हुन खोजिरहेका उनको भनाइ छ । मनोसमाजिक विमर्शताको तालिमसँगै भूकम्पसम्बन्धी जनचेतना फैलाउनु काम गरेपछि वातावरण सहज हुँदै गएको उनले बताए।

भूकम्प गएको पाँच महिना बित्दा पनि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् भने अन्य सर्वसाधारण सुत्नका लागि अस्थायी टहरा प्रयोग गरिरहेका छन् । पुनःनिर्माणको पखाईमा रहेको बझाङमा अहिले सरकारी र गैरसरकारी तवरबाट पीडितको घाउमा मलमपट्टी लगाउने कार्य भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

 भूकम्पबाट सबैभन्दा बढी क्षति जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकाले व्यहोनु परेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : २८ बजे

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले

घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर

काठमाडौं– चालु आर्थिक वर्ष (आव)का पछिल्ला महिनाहरूमा केही सुधार देखिएको

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

काठमाडौं– चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया

बागमती प्रदेशमा ६७ करोडका योजना थप

हेटौँडा– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै

काठमाडौं– नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा