मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ « Khabarhub

मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरूका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका हुन् । 

अहिलेसम्म साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उनले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गरे ।

मिटरव्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि विघटन गरिएको, सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुनेगरि मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताए ।

उनले पीडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सबै लाग्नुपर्ने समेत बताए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र