मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव « Khabarhub

मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

टक्सार– मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो । 

महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार तथा कलासंस्कृतिको प्रवद्र्धन गरिने आयोजक संस्था चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिका अध्यक्ष आइकुमार राईले बताए । टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा महोत्सव हुन लागेको हो । महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारको स्टल राखिने आयोजकले जनाएको छ । 

सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना हो । गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । त्यसैका लागि अग्रिम प्रचारस्वरुप यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी गरिनेछ । गाउँपालिकाको रु १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने आयोजकको लक्ष्य छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।  साहित्यिक कार्यक्रम पनि रहने आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास र प्रचारका लागि प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिने बताए। 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको