राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन्। 

भरतपुर महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उनले बताए।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन आफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे। राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए।

अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरू बन्न आवश्यक रहेको बताउँदै उनले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। भरतपुर महानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै उनले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रियसभाले भूमिका खेल्नुपर्नेमा जोड दिए। संविधान कार्यान्वयनका कुरामा ध्यान दिँदै स्थानीय तहका बाधा हटाउन सहयोग गर्न उनले आग्रह गरे। राज्य र जनताको पक्षमा गरेको योगदानको मूल्यांकन भएको भन्दै उनले समग्र जनताको हित र संविधान रक्षाका सवालमा राष्ट्रियसभा अब्बल साबित हुनुपर्ने बताए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले संविधानको रक्षाका लागि दाहालको कार्यकाल सफल रहेन विश्वास व्यक्त गरे। वर्तमान अवस्थामा देखिएका समस्या समाधानका लागि पहल हुने विश्वास उनीहरूले व्यक्त गरे।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : २४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको