इलाम-२ को उपनिर्वाचनमा माओवादीबाट चार जनाको नाम सिफारिस    « Khabarhub

इलाम-२ को उपनिर्वाचनमा माओवादीबाट चार जनाको नाम सिफारिस   


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ । 

प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ । 

माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ । 

हालसम्म एमालेले स्व नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसबाट ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । जम्मा ०७९ का नेम्बाङसँग चुनाव हारेका डम्बरबहादुर खड्काको सम्भावना छ । 

यस्तै पहिचान पक्षबाट डकेन्द्रसिं थेगिम उम्मेदवारी घोषणा गरेका छन् । यस्तै पहिचानकै नारा लिएर मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाउने चर्चा छ ।  रास्वपाले चैत १४ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।     

यस्तै, डा.सिके राउतको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहेको छ । 

एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : २७ बजे

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई