पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने « Khabarhub

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पेरिस – सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताएका छन् ।

“हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने ।

सन् २०१७ मा सहर छनोट गर्दा छ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ५६ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि