आरसिबीसँग हैदरावाद ३५ रनले पराजित « Khabarhub

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो।

आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले ४३ बल खेल्दा ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। पाटीदारले भने शानदार प्रदर्शन गर्दै २० बलमा अर्धशतक पूरा गरे। कप्तान फाफ डु प्लेसिस २५ रनमा आउट हुँदा क्यामरुन ग्रीनले नटआउट ३७ रन बनाए। आरसिबीले सात विकेटको क्षतिमा २०६ रन बनाएको थियो।

हैदरावादका लागि जयदेव उनाडकटले तीन विकेट हात पारे। टि नटराजनले दुई विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेले एकएक विकेट लिए।

खेलपछि कुरा गर्दै प्याट कमिन्स र क्यामरुन ग्रीन । तस्बिर : क्रिकइन्फो

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। आरसिबीका बलरसामु टिक्न नसक्दा सुरुवाती खेलमा शानदार प्रदर्शन गरेको हैदरावाद बिहीबार पराजित भएको हो। उसका लागि शाहबाज अहमदले नटआउट सर्वाधिक ४० रन बनाए। अभिषेक शर्मा ३१, प्याट कमिन्स ३१ रनमा समेटिँदा हिटर मानिएका टे«भिस हेड १ रनमै आउट भए। भुवनेश्वर कुमार र नितिश कुमार रेड्डीले समान १३–१३ रन जोड्दा अब्दुल समदले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। हैदरवाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो।

हैदरावादको ब्याटिङ लाइनलाई धरापमा पार्न आरसिबीका लागि क्यामरुन ग्रीन, कर्ण शर्मा र स्वप्निल सिंहले समान दुईदुई विकेट हात पारे भने विल ज्याक्स र यश दयालले एकएक विकेट लिए।

यो जितसँगै अंक तालिकाको पुछारमा रहेको आरसिबीले ४ अंक बनाएको छ। आरसिबीसँग पराजित हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा कायमै छ।

आईपिएल अन्तर्गत शुक्रबार कलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५७ बजे

गणतन्त्रसम्म यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो

एनआरएनए अध्यक्षका उम्मेदवार शेरचन विश्व दौडाहामा

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ महाधिवेशनको संघारमा

‘राजनीतिक अस्थिरताले लोकतान्त्रिक संविधानलाई ‘ड्यामेज’ गर्‍यो’

काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ– यहाँस्थित जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा