आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै « Khabarhub

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदै छ ।

कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुँदै छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल गरेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रहमतुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौँ स्थानमा आएको थियो ।

पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जाबको कप्तानी गरिरहेका छन्  ।

त्यस्तै पञ्जाबका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाब आठौँ भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ०८ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड