बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई « Khabarhub

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् ।

बाल्यलका कम्लरी बसेर बिताएकी उनले एमालेको राजनीतिमा होमिएसँगै स्कुल हुँदै पढाइलाई कलेजसम्म पुर्‍याएकी छन्।

यस्तोमा शुक्रबार आएको नतिजाअनुसार आफू बीए पहिलो वर्षमै फेल हुन पुगेको चौधरीले बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले यो परीक्षा २०८० वैशाखमा लिएको थियो ।

‘यस पटक चाहिँ ‘ब्याचलर फर्स्ट इअर’मै फेल भइयो’, उनले आफ्नो नतिजाबारे सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बुढेसकालको पढाइ न पर्‍यो । केही छैन लडेर फेरि उठने छु।’

उनले आफू जस्तै अनुत्तीर्ण भएका साथीहरूलाई निराश नहुन पनि भनेकी छन् ।

‘यसरी नै हिम्मत गरेर अगाडि बढ्न हुन अनुरोध गरेँ, मैले मसँगै फेल हुने मेरा प्यारा साथीहरूलाई’, शान्ताले भनेकी छन्, ‘बधाई तथा शुभकामना छ, पास हुने मेरा सम्पूर्ण साथीहरूलाई।’

शान्ताका अनुसार उनलाई बीए पहिलो वर्षमा अंग्रेजी र ग्रामीण विकास (आरडी) लागेको छ ।

शान्ता र अभिनेत्री करिश्मा मानन्धर १२ कक्षा उत्तीर्ण गरेपछि एकसाथ कोटेश्वरस्थित हिमालय कलेजमा बीएमा भर्ना भएका थिए । करिश्माको नतिजाबारे भने केही खुलेको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ३७ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको