काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए | Khabarhub Khabarhub

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

६ जना एसएसपीको सरुवा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) ८ महिनामै फेरेको छ ।

गृहमन्त्री रवि लामिछानेले काठमाडौं प्रहरी प्रमुखमा अपराध अनुसन्धान विभागबाट एसएसपी वसन्त रजौरेलाई सरुवा गरेका छन् ।

उता उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारीमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद्मा थिए ।

काठमाडौं प्रहरी परिसरमा यसअघि एसएसपी भूपेन्द्र खत्री प्रमुख थिए ।

अपराध अनुसन्धान प्रमुखमा सोमेन्द्र सिंह राठौर प्रमुख थिए । खत्रीको सरुवा अपराध अनुसन्धान विभागमा हुँदा राठौरको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा ल्याइएको छ ।

त्यहाँका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गत भदौ ४ गते नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवाका क्रममा काठमाडौं प्रहरी परिसर प्रमुखमा खत्री र अपराध अनुसन्धानको प्रमुखमा राठौरलाई सरुवा गरेको थियो । अब उनीहरूको ८ महिनामै सरुवा गरिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ४३ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ