संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा | Khabarhub Khabarhub

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले बिगतका भन्दा निकै राम्रो संविधान बने पनि केही त्रुटिहरूलाई संशोधन गर्दै संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले संविधानमा उल्लेख मौलिक अधिकार र अन्य धाराहरूमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्ने अवस्थामा पुगे व्यवस्थाका साथै अवस्था पनि परिवर्तन हुने धारणा राखिन् ।

राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरूलाई व्यवहारमा उतार्न गम्भीरतापूर्वक लाग्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले संविधान, व्यवस्था र कानूनका कुरा जनतामा लैजान नसक्दा कार्यान्वयनमा केही समस्या देखिएको धारणा राखिन् । उनले मुलुकको परिवर्तनप्रति देखिएका नकारात्मक भावलाई हटाउन व्यवहारमा सुधार गर्दै जानुपर्ने जिकिर गरिन् ।

उनले व्यवस्था सञ्चालन गर्नेको दोष व्यवस्थाले भोग्नु नहुने र गल्ती गर्ने जतिसुकै ठूला मान्छे भए पनि कानूनी दायरामा आउने स्पष्ट पारिन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : १५ बजे

औषधि नपाएको बिरामीको गुनासो

गलकोट– सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता

मुस्ताङ– झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो ३९ बुँदे कार्ययोजना

काठमाडौं– उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता

देशभर मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे : कुन देशमा कुन साइतमा टीका लगाउने ?

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ