फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं « Khabarhub

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु भएको स्थानमा दरिएको छ ।

एयर क्वालिटी इन्डेक्सले वेबसाइटमा शुक्रबार सार्वजनिक सूचीअनुसार विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौं पहिलो बनेको हो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ देखिएको छ ।

काठमाडौंपछि दोस्रो प्रदूषित सहर पाकिस्तानको लाहोर बनेको छ । तेस्रो प्रदूषित सहररमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ ।लाहोरको एक्यूआई १८१ देखिँदा दिल्लीको १७० पाइएको छ ।

काठमाडौं सहर पटक पटक विश्वकै प्रदूषित सहरको शीर्षमा उक्लिने गरेको छ ।  गत चैत २७ मा पनि यो सहर वायु प्रदूषणतर्फ पहिलो नम्बरमा थियो । त्यसबेला एक्यूआई २ सय नाघेको थियो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार वायु प्रदूषण शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सतर्क हुने अवस्था हो ।

१०१ देखि १५० सम्मको एक्यूआई खतरनाक मानिन्छ । जसबाट श्वाशप्रश्वास र मुटु रोगीलाई गम्भीर असर पार्न सक्छ । १५१ देखि २०० एआईक्युसम्मको वायु घातक हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको