अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ « Khabarhub

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग सीमाभित्र रहे मात्रै सम्बन्धले उचाइ लिने बताएका छन् ।

बेइजिङमा ब्लिङ्कनसँगको संवादका क्रममा उनले चीनको मामिलामा अमेरिकाले सीमा ननाघ्नु नै उचित हुने भन्दै चेतावनीको भाषा प्रयोग गरेका हुन् ।

अमेरिकी विदेश मन्त्री ब्लिङ्कन २४ अप्रिलदेखि ३ दिने चीनको भ्रमणमा छन् । उनले शुक्रबार वाङ यीलाई बेइजिङमा भेटेर लामो वार्ता गरेका थिए ।

वाङ्ग यीले बैठकको सुरुवात गर्दै यस्ता प्रश्न गरेका थिए जसलाई जिज्ञासा भन्दा धेरै चेतावनीका रुपमा बुझ्न सकिन्थ्यो ।

‘के चीन र अमेरिकाको सम्बन्ध सही दिशामा अघि बढिरहेको छ ? या फेरि खस्किँदै तलतिर झरिरहेको छ ?’, उनले समकक्षी ब्लिङ्कनलाई सोधे ।

वाङ यीले चीन र अमेरिकाको सम्बन्धमा स्थिरता आएको बताउँदै तर अझै पनि त्यसमा कयौँ नकारात्मक कुराहरू रहेको उल्लेख गरे ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन एक सालबीचमा दोस्रो पटक चीनको भ्रमणमा निस्किएका हुन् ।

ब्लिङ्कनले शुक्रबार नै बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचका विवादास्पद मुद्दाहरूमा कुरा गरेका छन् । त्यहाँ पनि ब्लिङ्कनलाई अमेरिकाले विवाद घटाउनुको साटो बढाउने कोसिस गरेको भनाइ चिनियाँ पक्षले राखेको थियो ।

तियानमेन स्क्वायरनजिकै ग्रेट हल अफ द पिपुलमा स्थानीय समय अनुसार शुक्रबार दिउँसो यी दुई नेताको वार्ता भएको हो ।

सीले यो वर्ष अमेरिका-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ४५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दुई देशले  ‘शत्रुताको सट्टा साझेदार हुनुपर्छ’ भने ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ब्लिङ्कनले अमेरिकाले चीनको विकासलाई रोक्ने वा विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव ल्याउने उद्देश्य नबोकेको बताए ।

‘हामी चीनको अर्थतन्त्र बृद्धि होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘तर चीनले कसरी बढ्छ भन्ने कुरा महत्वपूर्ण छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १६ बजे

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता