भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त « Khabarhub

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा प्रतियोगितामा सलहेश युवा क्लव सिराहलाई हराउँदै चर्च ब्जाइज युनाइटेड काठमाडौंले त्रिभुवन आर्मीसँग उपाधि भिडन्त पक्का गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा सलहेशलाई २-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाल्फको ३१ औँ मिनेटमा सलहेशका आसिस चापागाईंले अग्रता दिलाएका थिए ।

तर खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत चर्च ब्जाइजका नविन लामाले खेललाई बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको दोश्रो हाल्फको अतिरिक्त समयमा चर्च ब्वाइजका आरमण्डले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच चर्ज ब्वाइजका अवयोमी बने ।

प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः ५ लाख र ३ लाख पाउने छन् ।

भोजपुर रंगशालामा वैशाख ९ बाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुईसहित आठ टिमले सहभागिता जनाएका छन् ।

फाइनल खेल शनिबार त्रिभुवन आर्मी क्लब र चर्च व्वाइजबीच हुने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : १६ बजे

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता