भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त « Khabarhub

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा प्रतियोगितामा सलहेश युवा क्लव सिराहलाई हराउँदै चर्च ब्जाइज युनाइटेड काठमाडौंले त्रिभुवन आर्मीसँग उपाधि भिडन्त पक्का गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा सलहेशलाई २-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाल्फको ३१ औँ मिनेटमा सलहेशका आसिस चापागाईंले अग्रता दिलाएका थिए ।

तर खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत चर्च ब्जाइजका नविन लामाले खेललाई बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको दोश्रो हाल्फको अतिरिक्त समयमा चर्च ब्वाइजका आरमण्डले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच चर्ज ब्वाइजका अवयोमी बने ।

प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः ५ लाख र ३ लाख पाउने छन् ।

भोजपुर रंगशालामा वैशाख ९ बाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुईसहित आठ टिमले सहभागिता जनाएका छन् ।

फाइनल खेल शनिबार त्रिभुवन आर्मी क्लब र चर्च व्वाइजबीच हुने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : १६ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको