विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री « Khabarhub

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताएका छन् ।

प्यालेस्टिनी लडाकू हमासमाथिको ‘मौनता’को आलोचना गरेका छन् । हमाससँग इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले संयुक्त राज्य अमेरिकाभरका विश्वविद्यालयहरूमा ठूलो मात्रामा गिरफ्तारी गरेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले कतिपय स्थानमा अश्रुग्यास र ‘टेजर’को प्रयोग गरेको छ । उच्च पदस्थ अधिकारीहरूसँगको बैठकपछि बेइजिङमा बोल्दै ब्लिन्केनले भने , “यस्ता प्रदर्शनहरू ‘हाम्रो लोकतन्त्रको पहिचान’ हुन् ।”

“हाम्रा नागरिकले कुनै पनि बेला आफ्ना विचार, चिन्ता, आक्रोश प्रकट गर्छन्,” ब्लिन्केनले चीन भ्रमणका क्रममा बेइजिङमा पत्रकारसँगको कुराकानीमा भने ।

प्रदर्शनकारीले अक्टोबर ७ मा इजरायलमाथि अभूतपूर्व आक्रमण गर्ने हमासको निन्दा नगरेको पनि उनले बताए ।

उनले भने, “मैले यसअघि पनि भनिसकेको छु, यदि हमासले आफ्ना हतियारहरूलाई प्रयोग गर्न रोकेमा वा सबै नागरिक सरह बसेमा वा बन्धकहरूलाई मुक्त गरेको भए युद्ध महिनौं अघि नै रोकिन सक्थ्यो ।”

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : २१ बजे

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका