वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल « Khabarhub

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।

खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपबाट सबै खेलाडी निराश भए पनि त्यसलाई बिर्सेर अबका खेलतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्। विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि निकै उत्साहित रहेको उनको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिएपनि अबको खेलका लागि सबै खेलाडीहरु तयार रहेको जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए । क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसंगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० शृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरि तयारी भएको बताएका थिए ।

टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल बैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै