देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा « Khabarhub

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।

काग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्री दाहालल देउवालाई भेट्न पुगेका हुन् ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहाल संसदको गतिरोध समाधनको छलफलका लागि विपक्षी दलका नेता देउवालाई भेट्न गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दाहाल  जानु अघि देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, संसदीय समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलमा रहेका सहमहामन्त्री जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलका लागि बूढानीलकण्ठ बोलाएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : ३५ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार