‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन « Khabarhub

‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन- २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् । उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक किताब प्रकाशनमा लागि प्रकाशक ‘कथा लय‘सँग सम्झौता गरेका छन्  ।

इमाडोलस्थित एड्भान्स स्टुडियो शनिबार साँझ प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि प्रतिस्पर्धी उनी विजेता बनेका हुन् । अनलाइन भोटिङका आधारमा उनी विजेता घोषित भएका हुन् । जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको थियो ।

फाइलमा फिल्म ‘पुजार सार्की’को कलाकारको टोलीको उपस्थिति थियो । नायक प्रदीप खड्काले कविता वाचन समेत गरेका थिए ।

यो प्रतियोगिता गत माघ २९ गतेबाट सुरु भएको हो । निर्णायकमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बाका, निर्देशक एवं रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम सञ्चालकका रूपमा अभिनेता दिव्य देव पन्त थिए ।

प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता एवं निर्देशक क्षेत्रप्रताप अधिकारी कै छोरा अमनप्रताप अधिकारी हुन् ।

यस प्रतियोगिताको सिजन १ को विजेता पनि सिक्किमकी निलम राई हुन् ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १ : ५६ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई