आजका समाचार : गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेसदेखि नीति तथा कार्यक्रम पारितसम्म | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेसदेखि नीति तथा कार्यक्रम पारितसम्म


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सहकारीको मुद्दा बोकेर सडकमा उत्रियो कांग्रेस 

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

सहकारी प्रकरण : रविलाई छानबिनमा तान्ने अडानबाट टसमस भएन कांग्रेस

विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?

कांग्रेसलाई पेलेरै सरकारले पारित गर्‍यो नीति तथा कार्यक्रम

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे।

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट पेश भएका संशोधन प्रस्तावका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले त्यस्तो बताएका हुन् ।

संसद्‍मा प्रधानमन्त्रीले भने : बजेट आउनुअघि कांग्रेससँग सहमति भइसक्छ

कांग्रेसको अवरोधबीच आगामी वर्षको आर्थिक सर्वेक्षण पेस

संसद्‍मा स्वर्णिम वाग्ले बोल्दा कांग्रेस सांसदहरूको झन् चर्को आक्रोश

नीति तथा कार्यक्रममा समर्थन हुँदैन : जनमोर्चा

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदको गतिरोध हटाउन ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितले संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रिय पहलको आवश्यक रहेकोमा जोड दिए ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

यातायात मन्त्री भन्छन्- बालेनका कुरा सुन्छु तर न्युरोडको तोडफोड कानूनसम्मत छैन

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् ।

काठमाडौंकाे सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले राजधानीस्थित सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारी दिएकाे सन्दर्भमा मन्त्री महासेठले यसो भनेका हुन् ।

गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बोला आएको दाबी गरेका छन् ।

थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सोरिहिया पक्राउ गरिएको घटनाप्रति पनि आक्रोश व्यक्त गरे ।

बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद सजाय

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय भएको छ ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार मेयर अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय हुने फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय…

म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने

म्यान्माले सामान्यतया जुनदेखि अक्टोबरसम्म फैलिने यस वर्षाको मौसममा राष्ट्रव्यापी २२ हजार एकड जमिनमा दुई करोड २३ लाख रूख रोप्ने लक्ष्य राखेको छ ।

यस वर्षको अप्रिल र मे महिनामा म्यान्मामा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो ।

पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशंका : राष्ट्रसङ्घीय अधिकारी

पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले आइतबार सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

खेलकुद…

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये ८ वटा यो संस्करणमा देखिए। ती ८ मध्येका ५ पारी सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको प्रतिस्पर्धामा देखियो देखियो। आइतबार हुने आईपिएल उपाधि भिडन्तमा यिनै दुई विस्फोटक टिम आमनेसामने हुँदैछन्। यो फाइनलमा चौका छककाको वर्षा मात्र होइन विशाल योगफलको अपेक्षा गर्न सकिन्छ। कतिपयले चौका, छक्का र सर्वाधिक रनको रेकर्ड बन्ने अनुमानसमेत गरेका छन्।

यी दुई टोलीको बिचमा केही भिन्नता भने पक्कै छन्। सनराइजर्स सुरुवातदेखि नै आक्रमण गर्छ। प्रत्येक बलमा चौका या छक्काको प्रयास गर्छ। यसमा असफल भएर विकेट गुमाउन थालेमा मध्यक्रमले निराशा दिलाउनसक्छ।

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको उपाधि जितेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक–एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काएका थिए ।

नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : ०१ बजे

फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ?

काठमाडौं – फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र चीनबीचकोसम्बन्धमा कस्तो

काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न

काठमाडौं – सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी

बैतडीका सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

बैतडी – बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको

राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता

जर्मनी – राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

काठमाडौं– सवारी चालक अनुमति पत्र नपाएर देशभरका करिब २० हजार