युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी « Khabarhub

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

यो बराबरीसँगै फ्रान्सले समूह विजेता बन्ने अवसर गुमाउँदै उपविजेतामा सिमित भएको छ । फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७९औँ मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

यो समूहबाट अष्ट्रिया विजेता र फ्रान्स उपविजेताका रुपमा अन्तिम १६ मा पुग्दा ४ अंक भएको नेदरल्याण्ड्सको सम्भावना पनि बलियो छ । पोल्याण्ड भने बाहिरिसकेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ५७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी