भारतको लोकसभाको सभामुखमा पुन: ओम बिरला  « Khabarhub

भारतको लोकसभाको सभामुखमा पुन: ओम बिरला 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाई ध्वनि मतबाट सभामुख चुनिएको हो ।

बिरला दोस्रो पटक सभामुख बनेका छन् । यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए । 

सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेसलाई सभामुखको उम्मेदवार बनाएको थियो ।

बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् । 

भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : ३६ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट