टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त ?  « Khabarhub

टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त ? 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भान्सामा आलुको परिकार नपाक्ने नेपालीका घर कमै होलान् ।  विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले आलु रुचाउँछन् । जुन तरकारीमा पनि सुहाउने आलु तरकारीकाे त राजा नै भन्दा पनि फरक नपर्ला । तर आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ। कतिपय मानिसहरू यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरूले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् ।

तर  टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ। सेलोनिनलाई विषाक्त मानिन्छ।

यदी आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ ।  अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्त्व हुन्छ ।  तर यदि आलु धेरै दिनसम्म राखिएको छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ।

हरियो आलु 

आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ भन्ने बुझ्नु पर्छ सायद तपाईँले पनि याद गर्नु भएको होला हरियो आलु काेक्याउन थाल्छ । हरियो आलु क्यान्सरको कारण बन्न सक्छ ।

आलुले ब्लड सुगर बढाउँछ

नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ। धेरैजसो घरमा आलु एकै पटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरू यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् । टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै साेचिएकाे पाइदैन  ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ। यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् भनेकाे छ ।

टुसा उम्रिएको आलु विषालु हुन्छन् । नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रूपमा केही विषालु तत्त्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् । तर यसको बिरुवा वा  पातमा यो अत्यधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुवै विषालु तत्त्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रूपमा खाँदा शरीरमा ती तत्त्व प्रवेश गर्ने गर्छन् ।

रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभए पनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेष गरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन्

रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्त्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन्। जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने ।  गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ। त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ?

– यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् ।

–  आलुलाई सूर्यको किरण नपुग्ने ठाउमा राख्ने तर धेरै चिसो ठाउँमा पनि राख्नु हुँदैन ।

–  सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ।

– यदि तपाईँले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ। ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् ।

– टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ ।

समाचार श्रोत-  दैनिक भास्कर 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ०९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको