छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट | Khabarhub Khabarhub

छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

छायाँनाथ मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ।

नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिबेसनमा आ.व ०८१-०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९ सय २९ बजेट छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या शाही मल्लले प्रस्तुत गरेकी हुन ।  

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँडमा ११ करोड २३ लाख  हजार, संघीय ससर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । 

उनका अनुसार  संघीय सरकार समानीकरण अनुदान ११ करोड ७९ लाख, र संघिय समपुरक अनुदान ६० लाख सुम्ली बेलिब्रिज निर्माणको र संघीय सशर्त २७ करोड ६० लाख ९३ हजार रकम सार्वजानिक गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

प्रदेश सरकार राजस्व बाँडफाँडमा २७ लाख ४७ हजार ९ सय २९ , प्रदेश समानीकरण १ करोड ४१ लाख ९८ हजार , प्रदेश सशर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार र आन्तरिक राजस्व आम्दानी १ करोड ५० लाख रकम रहेको नगर प्रमुख भामको भनाई छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख विष्णु कुमार भाम बजेटमा  दलित समुदायका ज्येष्ठ नागरिकहरुका लागि छुट्टै वृद्धाश्रम सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरू छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

भौगोलिक बिकटता र समस्या लाई मध्येनजर गर्दे दुर्गममा रिपोटिङ गर्ने मुगुका क्रियाशील पत्रकारहरूलाई निशुल्क स्वास्थ्य बिमासमते गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख भामको भनाई छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : १८ बजे

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने

यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको सौराहमा शुक्रबार र शनिबार विस्तारित

दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन

सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 

काठमाडौं– काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवा निवृत्त जीवनमा