दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित | Khabarhub Khabarhub

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका हुन् । त्यस्तै कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना पनि परेका थिए । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले रु ३५÷३५ हजार प्राप्त गरेका छन् ।

कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक घाेषित भए । वर्ष प्रशिक्षक विधामा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधामा उत्कृष्ट भएका प्रशिक्षकले जनही रु ३० हजार प्राप्त गरेका छन् ।

वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल परेका छन् । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । विजेताले जनही रु २५ हजार प्राप्त गरेका छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन्। यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छन् ।

उक्त विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिइन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले जनही रु २०÷२० हजार प्राप्त गरे ।

यसैगरी ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गरिन् । उनले नगद रु २५ हजार प्राप्त गरिने । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्तरुपमा प्राप्त गरेका छन् । उनीहरुले जनही १२ हजार पाँच सय प्राप्त गरेका छन् ।

आज एक कार्यक्रमकाबीच विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्वय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले विजेता र मनोनीत खेलाडीलाई पुरस्कार वितरण गरे ।

पाँचौँ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन कोपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो इन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्युसिटी पोलिक्लिनिक र सिराज इन्टरनेशनल रहेका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ५५ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित