रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु « Khabarhub

रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो।

रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ।

रामेछाप प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो । उद्धारका लागि प्रहरीको टोली रातिदेखि सक्रिय भए पनि अहिले थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिउटी अफिसरले बताएका छन् ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना