निर्माण व्यवसायीको चेक नसाटिएपनि कालोसूचीमा नपर्ने « Khabarhub

निर्माण व्यवसायीको चेक नसाटिएपनि कालोसूचीमा नपर्ने


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब निर्माण व्यवसायीको चेक नसाटिएपनि कालोसूचीमा नपर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत निर्माण व्यवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूको चेक अनादर भए पनि कालोसूचीमा नराखिने व्यवस्था गरेको हो ।

‘निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने’, चालु आवको मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै, मौद्रिक नीतिले निर्माण व्यवसाय शिथिलतामा परेको भन्दै सो क्षेत्रको पुनः स्थापनाको लागि कर्जाको भुक्तानी अवधि, क्रेडिट रेटिङ, कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था लगायतमा नयाँ नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्माण व्यवसायी लक्षित लिएको नयाँ नीति निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनः स्थापनाको लागि देहायबमोजिमको व्यवस्था गरिनेछ :

(क) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।

(ख) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।

(ग) निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने ।

(घ) निर्माण व्यवसायीहरूको जमानतहरू दाबी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१÷८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने ।

(ङ) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारबाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।

(च) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : १६ बजे

साताको कार्टुन : खोई ! सुशीलाको सुशासन ?

काठमाडौं – जेनजी आन्दोलनको मेन्डेट अनुसार सुशासनको नारा लिएर प्रधानमन्त्री

निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको

एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम