आजका समाचार : कोशी सरकारबाट बाहिरियो माओवादी, नीजि क्षेत्र खुसी पार्ने मौद्रिक नीति | Khabarhub Khabarhub

आजका समाचार : कोशी सरकारबाट बाहिरियो माओवादी, नीजि क्षेत्र खुसी पार्ने मौद्रिक नीति


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

मौद्रिक नीतिले समर्थन पायो अब तीव्र गतिकासाथ काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको शपथ समारोहमा उनले उक्त भनाइ राखे ।

‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ’, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई बधाई र शुभकामना दिँदै उनले भने, ‘तपाईँहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न सकोस् । नयाँ उचाइ हासिल हुन सकोस् ।’

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका हुन् ।

मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो ।

सरकार हाबी मौद्रिक नीति, गभर्नर पछि हट्दा सिंहदरबारलाई अल्पकालीन राहत

चालु आर्थिक वर्षको मौद्रिक नीति कस्तो ल्याउने भन्नेमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रुझान असार दोस्रो सातासम्म प्रष्ट थियो ।

असार ११ गते आर्थिक पत्रकारहरूको एक समूहले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले भनेका थिए-

यस्तो छ कर्जा विस्तारकारी मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आज राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्‌ ।

चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ । कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाए पनि गभर्नर स्वयम्‌ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन्‌ ।

सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अव सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

कोशी सरकारबाट पनि बाहिरियो माओवादी

काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ।

केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो ।

कुलमानले सांसदहरूलाई भने : तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएका छन् ।

शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाभित्र बाँकी सबै पैसा तिर्नुपर्ने पनि बताए । यदि तीन महिनामा महसुल नतिरे प्राधिकरणले फेरि नियमानुसार लाइन काट्ने जानकारी दिए ।

‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ । तीन महिनाभित्र वक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ’, उनले भने, ‘त्यसअवधिमा उद्योगले बुझाउनुपर्ने पैसा नबुझाए प्राधिकरणले आवश्यक निर्णय गर्नेछ ।’

‘राष्ट्रियसभाका गतिविधिलाई मिडियाले दिएको प्राथमिकतामा समीक्षा गरौँ ‘

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

सहकारी छानबिन समितिले गृहसँग छलफल गर्ने

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

राजनीतिक परिवर्तनलाई विकास र समृद्धिको फड्कोमा पुर्‍या‍‍औँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् ।

आफूले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुलठुला अभियान सुरु गरेको बताए ।

अध्यक्ष थापा भन्छन्- गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता सम्पूर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका छन् ।

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे ।

सौर्यको जहाज दुर्घटना- पोस्टमार्टमपछि ५ शव आफन्तको जिम्मा (तस्बिरहरू)

यही बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये ५ जनाको पोस्टमार्टम सकिएको छ।

पोस्टमार्टम सकिएसँगै उनीहरू अन्तिम संस्कारका लागि त्रिवि शिक्षण अस्पतालले आफन्तलाई बुझाएको छ ।

शव जिम्मा लिने क्रममा त्रिवि शिक्षण अस्पताल परिसरमा आफन्तहरूको रुवाबासी भएको छ ।

शिक्षण अस्पताल प्रशासनले सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको शव आफन्तलाई बुझाएका हुन् ।

विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय ३९ पुग्यो

विपद्जन्य घटनामा परी शुक्रबार अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

ललितपुरमा चार जनालाई हैजाको संक्रमण भएको पुष्टि

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए ।

कमला ह्यारिसलाई ओबामाको समर्थन

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रूपमा समर्थन गरेका छन् ।

ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्वजनिक गर्दै आफू र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् ।

चीनमा आँधीले तीन लाख मानिस विस्थापित

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

अष्ट्रेलियामा दुर्घटना भएको ५५ वर्षपछि भेटियो एमभी नुनगाह जहाज

पेरिस ओलम्पिकको उद्‌घाटन आज

एक शताब्दीको ओलम्पिक यात्रा : पेरिसदेखि पेरिससम्म

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : १४ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ