‘जो राष्ट्रिय दल हुँदैनन्, उनीहरूका सांसदलाई स्वतन्त्र हैसियत दिनुपर्छ’ « Khabarhub

‘जो राष्ट्रिय दल हुँदैनन्, उनीहरूका सांसदलाई स्वतन्त्र हैसियत दिनुपर्छ’


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि राष्ट्रिय हैसियत बनाउन नसकेका दलका सांसदहरूलाई स्वतन्त्रको हैसियत दिनुपर्ने बताएका छन् ।

सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी प्रचार विभागको बैठकलाई सम्बोधनका क्रममा उनले साना दलको अस्तित्व नराख्ने गरी कानुन र संविधानमा संशोधन आवश्यक रहेको बताएका हुन् ।

‘नेपालमा पार्टीको संख्या घटाउने केही तरिका र अभ्यास हामीले गर्न सक्छौँ । अहिले पनि जो राष्ट्रिय पार्टी हुँदैनन्, उनीहरूका सांसद स्वतन्त्र हुन्छन् भनेर कानुनले मानिनिदिएको भए पार्टीको संख्या घट्थ्यो। उनीहरू स्वतन्त्र सांसद हुन्थे’, पोखरेलले भने, ‘थ्रेस होल्ड कटाउन नसकेका दलका सांसदलाई स्वतन्त्र हैसियत दिनेबित्तिकै उनीहरूले आफ्नो राजनीतिक भविष्यका लागि बलिया दल रोज्थे । यसो हुँदा साना दल क्रमश: कमजोर हुँदै जान्थे ।’

पोखरेलले नेपालको वर्तमान कानुनले पनि पार्टीहरूलाई बलियो बनाउने कुरामा रोकिरहेको बताएका छन् । ‘अहिलेको कानुनले पनि पार्टीलाई बलियो बनाउने कुरामा रोक लगाएको छ । अहिलेको कानुनले साना दललाई बलशाली बनाउने काम गरेको छ’, उनले भने, ‘लोकतन्त्रमा शासन गर्ने भनेको बलिया र ठूला पार्टीले हो । तर हाम्रोमा त साना दलले शासन गर्न थाले । त्यहीकारण लोकतन्त्रमा जनविश्वास पनि कमजोर हुने अवस्था उत्पन्न भएको छ ।’

उनले अब कानुनको सुधारबाट लोकतान्त्रिक स्थायित्वको आधार बनाउन सकिने बताएका छन् । ‘हामीले कानुन र संविधानको सुधारबाट पनि केही गर्न सकिन्छ । अहिले समानुपातिक निर्वाचन प्रणालीका कारण दलहरूलाई बहुमत आउँदैन भनिँदैछ । त्यो पनि आंशिक सत्य हो । अहिले पनि दलहरू लोकप्रिय भएमा एउटैको बहुमत आउन सक्छ । अहिलेको प्रणालीमा पनि एकै दलको बहुमत सरकार आउँदैन नआउने भन्ने चाहिँ होइन ।’

महासचिव पोखरेलले बहुमत जनताको समर्थन प्राप्त राजनीतिक दलका आधारमा एकल सरकार हुने अवस्थामा अहिले चुनौती रहेको उल्लेख गरे ।

‘अहिले जुन प्रकारको अस्थिरता छ, त्यसलाई कायम राखिरहने हो भने नेपालमा लोकतन्त्रप्रति जनताको भरोसा कायम राखिरहन सक्दैन । त्यतिञ्जेलसम्म राजनीतिक अस्थिरताले देश बिग्रिन्छ । लोकतन्त्रप्रति नकारात्मक धारणा बन्छ’, उनले भने, ‘अढाई सय वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्रप्रति त जनताले सकारात्मक धारणा राख्न थालेका छन् । हामीले यही अस्थिरतालाई राखिरहने हो भने जनताले पुराना कुरा बिर्सिएर आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सक्छन् । यस्ता कुरा छिटो बिर्सिन्छन् । त्यसैले हामी कानुन र संविधान संशोधनमा गएर ठूला दललाई बलियो बनाउने दिशामा अघि बढ्नु उचित हुन्छ ।’

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ४१ बजे

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको