ब्रेकिङ स्टोरी

कपिलवस्तुमा बस दुर्घटना, कम्तीमा २६ जना यात्रु घाइते

By खबरहब

August 26, 2024

कपिलवस्तु- सुर्खेतबाट चितवनको नारायणघाटतर्फ गइरहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ ।

तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाट जाँदै गरेको बनकसबासामा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २६ जना यात्रु घाइते भएको उनले बताएका छन् ।

सबै घाइतेहरूको कपिलवस्तुकै चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।