माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छ « Khabarhub

माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको जिकिर गरे । उनले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारबाट सत्ताको दुरुपयोग भइरहेको पनि बताएका छन् ।

संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियमविपरीत अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनले बताएका छन् ।

अध्यक्ष नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता भएपछिमात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरेका छन् । अध्यादेश ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने पनि उनको तर्क छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ५५ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये