आँबुखैरेनी बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज « Khabarhub

आँबुखैरेनी बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो ।

अस्पतालका डा रोहित सिंहले भने, “बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ ।”

आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ ।

बाँकी नौ जना घाइतेमध्ये चार जनाको आइसियुमा उपचार भइरहेको छ । हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ ।

डा सिंहले भने, “घाइतेहरु अधिकांशको हात, खुट्टा, निधार, टाउको, छाती, ढाडलगायतका ठाउँमा गहिरो चोट लागेको छ, उहाँहरुको अवस्था सुधारोन्मुख छ ।”

उपचार गराइरहेका ५९ वर्षीय अनन्त इङ्णेले आफूहरुको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताए । “हामीले राम्रो उपचार पाएका छौँ, समयमै राम्रो उपचारका कारण हाम्रो ज्यान बच्यो, सबैलाई धन्यबाद छ ।”

दुर्घटनामा २७ जना भारतीय पर्यटकहरुले ज्यान गुमाएका थिए । मृत्यु भएकाहरुको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । भारतीय पर्यटकहरु यही भदौ ४ गते पशुपतिनाथको दर्शनका लागि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ४८ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा