काराबाओ कप : आर्सलनको फराकिलो जित | Khabarhub Khabarhub

काराबाओ कप : आर्सलनको फराकिलो जित


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काराबाओ कप (इएफएल) फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बोल्टन वान्डरेसलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।

आर्सनलको जितका लागि इथान न्वानेरीले दुई तथा डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभर्ट्जले एक–एक गोल गरेका थिए । बोल्टनका लागि आरोन कोलिन्सले एक गोल फर्काए ।

आर्सनलका राइसले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, न्वानेरीले ३७औँ र ४९औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई तेब्बर बनाए । त्यसपछि ५३औँ मिनेटमा बोल्टनका कोलिन्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

यस्तै, ६४औँ मिनेटमा स्टर्लिंग र ७७औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई ५–१ को जित दिलाए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ४७ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।