‘हनी ट्रयाप’ गिरोहसँग जोडिइन् इन्सपेक्टर बिनुकुमारी, छानबिनका लागि तानियो « Khabarhub

‘हनी ट्रयाप’ गिरोहसँग जोडिइन् इन्सपेक्टर बिनुकुमारी, छानबिनका लागि तानियो


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा एकजना प्रहरी अधिकृत छानबिनमा तानिएकी छन् ।

ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी खोसेर छानबिन थालिएको हो ।

शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको जानकारी उपत्यका प्रहरी कार्यालयका एसएसपी एवम् प्रवक्ता विनोद घिमिरेले दिएका छन् ।

घिमिरेले खबरहबसँग भने, ‘उनीबारे कार्यालयमै लेनदेनसम्बन्धी कुराको विवाद आएको छ। भैंसेपाटीबाट तानेर छानबिन अघि बढाउन पत्र गइसकेको छ ।’

बिनुकुमारीमाथि बलात्कारसम्बन्धी मु्द्दामा ‘हनी ट्रयापिङ’गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको छ।

बलात्कारसम्बन्धी एउटा घटनालाई ‘हनी ट्रयाप’मा परिणत गरेर लाखौँ रुपैयाँ लेनदेन गरेको आरोपसहित उनीविरुद्ध उजुरी परेको थियो ।

उनी जेठ २३ मा भैंसीपाटी प्रभागको नेतृत्व सम्हाल्न पुगेकी थिइन् । त्यसलगत्तै बलात्कारको एक घटनमा पीडित भनिएकासँगको साँठगाँठमा आर्थिक लाभ लिएको आरोप उनीमाथि छ ।

त्यसबेला बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो । तर ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै इन्स्पेक्टर बिनुकुमारीको पनि उपस्थितिमा ३० लाख रुपैयाँ लेनदेन गरिएको खुलेको छ।

यही असोज ७ गते एकजना युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन् । युवतीकै उजुरीका आधारमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रभाग परिसरमै ब्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको बताइएको छ । पीडित भनिएकी ती युवतीले प्रहरीकै सामु ब्यापारीसँग ६० लाख रुपैयाँ मागेकी बताइएको छ । बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको छ ।

उपत्यका प्रहरी कार्यालयको छानबिनका क्रममा उक्त लेनदेनका लागि भएको बार्गेनिङ प्रभागभित्रै प्रहरीकै अगाडि भएको खुलेको छ ।

बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा हालिएको थियो । बाँकी १० लाख रुपैयाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए ।

उक्त कुरा चुहिएपछि ललितपुर प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न युवती र उनलाई सघाउने युवकलाई पक्राउ गरिसकेको छ ।

उता इन्स्पेक्टर बिनुकुमारीथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले समिति बनाएको छ। उक्त घटनाबारे छानबिनका लागि डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : २५ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्