विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै १५ अर्ब, भ्रमणमा जानेले कति ? « Khabarhub

विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै १५ अर्ब, भ्रमणमा जानेले कति ?


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउन महिनामा नेपाली विद्यार्थीहरूले विदेश अध्ययनको नाममा झन्डै १५ अर्ब रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा नेपाली विद्यार्थीहरूले विदेश अध्ययन गर्नको लागि १४ अर्ब ९२ करोड रुपैयाँ लगेको जनाएको छ ।

समीक्षा अवधिमा शिक्षा र भ्रमण शीर्षकमा ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शीर्षकमा १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपालमा भ्रमण बापतको आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७६ करोड भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा भ्रमण बापतको आय ४ अर्ब ४० करोड रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ३८ बजे

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा