पोखरा महानगरले सुपथ मूल्य पसल सञ्चालन गर्दै « Khabarhub

पोखरा महानगरले सुपथ मूल्य पसल सञ्चालन गर्दै


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

महानगरपालिकाले यही असोज ११ गतेदेखि  पोखरा-८ स्थित  सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए।

सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  २ : १२ बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा