झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहज : राष्ट्रपति पौडेल « Khabarhub

झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहज : राष्ट्रपति पौडेल


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताएका छन् ।

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्दै उनले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुसी पनि व्यक्त गरे ।  ‘डबल स्प्यान’को सो झोलुङगे पुल एक हजार ५७१ मिटर रहेको छ ।

राष्ट्रपति पौडेलले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘पुलका अभावमा सरकारी सेवा लिन दुई-तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको छ ।’

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीको पवित्र तपोभूमिका रुपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकसमेतलाई आकर्षित गर्ने सम्भावना बोकेको जनाउँदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे । 

उनले नारायणी नदी पारीको भू–भागमा पुल निर्माण भइसकेपश्चात् सोही झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्तावासीलाई उज्यालो प्रदान गर्ने कार्यसमेत सम्पन्न गरेकामा निर्माणमा सहभागी सबैलाई धन्यवाद पनि दिए।

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लालपुर्जाविहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ४ : ५१ बजे

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक