माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै « Khabarhub

माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ ।

माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनसहित खबरदारी सभा गर्न लागेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा हुने प्रदर्शन र खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादीको दाबी छ ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : १० बजे

एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ?

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक– निर्धारित समय सीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम

साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई

काठमाडौं– एपीएफ फुटबल क्लब काठमाडौंमा जारी साफ क्लब महिला च्याम्पियनसिपको

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौं– ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन विश्वविद्यालयमा

कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको